प्राडा मथुराप्रसाद श्रेष्ठको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्राडा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। डा श्रेष्ठको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा श्रेष्ठमा दीर्घ दम रोग तथा उच्च रक्तचापको समस्या रहेको र पोष्ट कोभिड सिन्ड्रोमले अझै सताएको जनाएको छ । छातीमा समस्या भएर अस्पताल भर्ना भएका डा श्रेष्ठको निमोनिया र पोस्ट कोभिड सिन्ड्रोमका कारण आज बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
प्राडा मथुराप्रसाद श्रेष्ठले नेपालमा पूर्व स्वास्थ्यमन्त्री समेत भएर काम गरिसकेका छन्। नेपालमा कम्युनिटी मेडिसिनको विकास गर्नका लागि उनको उल्लेखनीय योगदान रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?