बाँकेबाट सुरु भएको दादुरा ९ जिल्लामा फैलियो, ६०१ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको नेपालगंजबाट सुरु भएको दादुरा हाल ९ जिल्लामा फैलिएको छ । ९ जिल्ला गरी आजसम्म ६०१ जना बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दादुरा पुष्टि हुने जिल्लाहरुमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कन्चनपुर, महोत्तरी,मोरङ, सुनसरी रहेका छन्।
संक्रमितमध्ये बाँकेमा मात्रै ३२२ जना रहेका छन्। त्यसपछि सबैभन्दा धेरै महोत्तरीमा १०१ जनामा दादुरा पुष्टि भएको छ । दादुरा पुष्टि हुनेहरुमध्ये ८७ प्रतिशत बालबालिका १५ वर्ष मूनिका रहेको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जनाएका छन्। उनले यसरी संक्रमित हुनेमध्ये अधिंकाश बालबालिका दादुर रुबेला विरुद्धको पूर्ण खोप नलिने रहेको समेत जिकीर गरे।
दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावित जिल्लाहरुमा खोप अभियान चलाएको पनि उनले जानकारी दिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?