१५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : १५ जिल्लामा सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गर्दै यही फागुण ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको जानकारी दिएको हो । महाशाखाका निर्देशक डा चुमनलाल दासले हात्तीपाइले रोग विरुद्धको औषधि सुरक्षित रहेकाले सबैलाई यसको सेवन गरेर हात्तीपाइले रोग हुनबाट जोगिन आग्रह गरे ।
यस वर्षको अभियानमा झापा, मोरङ, धनुषा, सर्लाही, महोत्तरी, रौतहट बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली रसुवा, पर्वत, बारा, लमजुङ गरी १५ जिल्लामा औषधि खुवाउन लागिएको हो । यी जिल्लाहरुमा हात्तीपाइले रोगको दर अपेक्षाकृत रुपमा नघटेपछि पटक पटक औषधि खुवाउनु परेको महाशाखाले जनाएको छ।
नेपालको ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान अहिले ४८ जिल्लामा बन्द गरिएको छ । १५ जिल्लामा अझै पनि रोगको दर बढी देखिएकाले यो औषधि खुवाउन लागिएको हो । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अपांग बनाउने एक सरुवा रोग हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?