सांसद भण्डारीलाई थप उपचारका लागि बाहिर लैजान अस्पतालको सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि बाहिर लैजान किर्तिपुर अस्पतालले सिफारिस गरेको छ ।
बुधबार ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका हुन्। भण्डारीको २५ देखि ३० प्रतिशत शरीरको भाग र उनकी आमाको ७० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ । उनीहरु दुबैलाई सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न अस्पतालले सिफारिस गरेको हो ।
अहिले उनीहरुको किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?