नेपाल क्यान्सर अस्पतालमा बिरामी र डाक्टरले सँगै मनाए बाल क्यान्सर दिवस
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले अस्पताल परिसरमा बिरामी र डाक्टरलाई सँगै राखेर दिवस मनाएको छ ।
बुधबार अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा प्रकाशनिधी तिवारी र डा अन्जली पण्डीतले क्यान्सरका बिरामीलाई साथ र हौसला दिंदै सँगै केट काटेर दिवस मनाएका हुन्। उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीको मुहारमा खुशी ल्याउनका लागि र बाल क्यान्सरबारे सचेतनाका लागि भन्दै अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेको बताए । सो कार्यक्रममा डा पण्डीतले बाल क्यान्सर समयमै उपचार गरेमा पूर्ण रुपमा निको हुने हुँदा यसबारे सचेत बनेर समयमै उपचारमा आउन सके डराउन नपर्ने बताइन्।

दिवसको अवसर पारेर अस्पतालको डाइट तथा न्युट्रिसन यूनिटले बालबालिकामा हुने क्यान्सरसँग लड्न कस्तो खाना चाहिन्छ भन्ने जानकारी दिंदै डाइट एक्जिबिसन समेतको आयोजना गरेको थियो । जसमा कुन उमेरका बालबालिकालाई कस्तो खानेकुरा दिने भन्ने जानकारी राखिएको थियो । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तराष्ट्रिय बाल क्यान्सर दिवस मनाउने गरिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण