नेपाल क्यान्सर अस्पताल र फोरबेस केयरबीच क्यान्सर उपचारमा सहकार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितुरको हरिसिद्धिमास्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र भारतको बेंग्लोरमा रहेको फोरबेस केयर अंकोसलुसन्सबीच क्यान्सरका बिरामीको उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ।
एक कार्यक्रमकाबीच यी दुई संस्थाबीच क्यान्सर उपचारमा सहकार्य गर्नका लागि हस्ताक्षर भएको हो। उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ तथा फोरबेस केयरका तर्फबाट एस रमेशले हस्ताक्षर गरेका थिए। सम्झौतापत्रमा हस्ताक्षर गर्दै डा श्रेष्ठले यो सहकार्यले क्यान्सरका बिरामीका लागि अहिले विश्वमा भित्रिएको नयाँ प्रविधि जेनेटिक अंकोलोजी तथा मोलिक्युलर ल्याब मार्फत उपचार गरी उच्चतम सफलता प्राप्त गर्न सहयोग गर्ने बताए । उनले यो सहकार्यले नेपालमा मोलिक्युलर टुमर बोर्ड र जेनेटिक काउन्सिलङ सेवा लिन क्यान्सरका बिरामीलाई सहज हुने समेत जिकीर गरे ।
यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर एवम क्यान्सर विशेषज्ञ डा विजेश राज घिमिरेले बिरामीको जिनोमिक आधारमा उपचार गर्दा उच्च प्रतिफल आउने र हरेक बिरामीको उपचार उनीहरुकै जीनको बनावट अनुसार हुने बताए । उनले नयाँ नयाँ प्रविधि भित्राएर बिरामीलाई अत्याधुनिक प्रविधिसहितको सेवा दिन सम्झौताले सहयोग गर्नेमा विश्वास लिएको बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?