बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटुको समस्या
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका १३ हजार स्कुले बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटुको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक वर्ष लगाएर गरेको एक अध्ययनका अनुसार बुढानीलकण्ठका ५ देखि १५ वर्ष उमेर समूहका स्कूले बालबालिकाको मुटु परीक्षण गरिएकोमा १५५ जनामा समस्या देखिएको केन्द्रका निर्देशक डा चन्द्रमणी अधिकारीले बताए । उनले तीमध्ये ९ जनामा बाथ मुटुरोग र १४६ जनामा जन्मजात मुटुरोग देखिएको पनि जानकारी दिए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि यस्तै अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै अध्ययनका क्रममा समस्या देखिएका बालबालिकाको उपचार गंगालाल अस्स्पतालमा निशुल्क गरिने पनि उनले जिकीर गरे ।
बुढानीलकण्ठका १९ सरकारी विद्यालयका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?