मिर्गौला रोगबाट जोगिन अपनाउनुपर्ने ५ उपाय
हेल्थ टिभी अनलाइन : मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । हामी स्वस्थ शरीर होस् भन्ने चाहनछौं भने मिर्गौला पनि स्वस्थ हुन जरुरी हुन्छ । मिर्गौलाले रगतमा हुने हानिकारक अथवा अनावश्यक तत्त्वलाई छानेर पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। यसले सही ढंगबाट काम गर्न नसक्दा शरीरमा अनेकौं समस्या आउन सक्छन्।
यसको सही तरिकाले समयमै हेरचाह गरिएन भने दीर्घकालीन समस्याहरु नआउला भन्न सकिंदैन । नेपालमा पछिल्लो समय खराब जीवनशैली र अस्वस्थकर खानपानका कारण मिर्गौला रोगीहरू दिनानुदिन बढ्दै गएको अवस्था छ। के कारणले गर्दा मिर्गौलामा समस्या आउँछ र त्यसलाई कसरी जोगाउने भन्ने सबैको चासोको विषय बन्दै गएको छ।
मिर्गौैला बिगार्ने कारणहरुमध्ये मधुमेह, ग्लोमेरुलोनेफ्राइटिस, अनावश्यक रुपमा औषधी सेवन, उच्च रक्तचाप, धूम्रपान हुन । मदिरापान र प्रशस्त मात्रामा प्रशोधित अस्वस्थ खानाले पनि मिर्गौलालाई नोक्सान गरिरहेको हुन्छ।
कसरी जोगिने मिर्गौला रोगबाट
मिर्गौला जोगाउने प्रमुख उपाय भनेको प्रशस्त मात्रामा पानीको सेवन हो ।
नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।
नियमित रुपमा पिसाब, रगतको परिक्षण गर्नु साथै भिडियो एक्सरे गर्दा मिर्गौला सम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ।
प्रशोधित खाना, धेरै तारेको, चिल्लो खानेकुरा नखाने ।
खानामा बढी नुनको प्रयोग नगर्ने ।
यी माथि उल्लेखित कुराहरुमा ध्यान दिन सके धेरै हदसम्म मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण