क्यान्सर सर्भाइभरको उपचार अनुभव क्यानभासमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबाट निको भएकाहरुको उपचार अनुभव यात्रा क्यानभासमा उतारिएको छ ।
विश्व क्यान्सर दिवसको अवसरमा शनिबार नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा आयोजित कार्यक्रममा क्यान्सर सर्भाइभरको उपचार अनुभव क्यानभासमा उतारिएको हो । ३९ औं क्यान्सर सर्भाइभर मिटमा आर्टिस्ट जुगल राजभण्डारीले क्यान्सर सर्भाइभरको कथालाई क्यानभासमा उतारेका थिए । उक्त कार्यक्रममा क्यान्सर सर्भाइभर्स डली गुरुङ, रेजिना मुल्मी, सुस्मा महर्जन,बबी शाक्य, विद्या तुलाधर, संगिता थापाले आफनो क्यान्सर उपचार सुनाएका थिए ।
काठमाडौंको काठमाडौं गेस्ट हाउसमा भएको कार्यक्रममा स्टल समेत राखिएको थियो । उक्त कार्यक्रममा रोटरी क्लब अफ एल, सम्झना ल्याब्रोटरी, नेपाल क्यानसर सर्भाइभर सोसाइटी, उपचारका लागि सहयोगी हातहरु लगायतको साथ सहभागिता रहेको थियो ।
कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका क्यान्सर बिरामीका लागि भन्दै क्यान्सरबाट बितेकी आफनी आमा रिना श्रेष्ठ राजभण्डारीको सम्झनामा छोरा विज्ञान राजभण्डारीले ६ लाख ५० हजार रुपैयाँ नगद र १२ लाख बराबरको इम्युनो थेरापी औाषधि उपचारका लागि सहयोगी हातहरु नामक संस्थामार्फत सहयोग गरेका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य