स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति चयन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार काठमाडौंमा भएको पाँचौ राष्ट्रिय अधिवेशनले सरोज ढुंगेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमिल्सिना, महासचिवमा संजिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएका छन्।
यसैगरी कार्य समिति सदस्यहरुमा सिर्जना खत्री, प्रकाश बस्याल, सिर्जना कार्की, मनिषा थापा, समृद्धा केसी, सपना पौडेल, केदार गौतम, उपेन्द्र खड्का चयन भएका छन्।
मञ्चको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य