विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व क्यान्सर दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा ललितपुर महानगरपालिकाको प्रांगणमा आज दीप प्रज्वलन गरिएको हो ।

विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबाट ज्यान गुमाएकाको सम्झना तथा क्यान्सरबाट निको भएकाको हौसलाको लागि दीप प्रज्वलन गरिएको आयोजकले जनाएका छन्।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभर नै क्यान्सर दिवस मनाउने गरिन्छ ।







नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?