नेपाल चिकित्सक संघ चुनाव : उपत्यकामा आजदेखि मतदान सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्य समितिका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको हो । यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ। उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको थियो ।
उपत्यकामा भने आजदेखि तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ। तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन्। निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
अध्यक्षमा तीन समूहले आ आफनो प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा लोकतान्त्रिक समूहबाट डा अनिलविक्रम कार्की, प्रगतिशीलबाट डा सन्तोष पौडेल र स्वतन्त्र प्यानलबाट डा शिवजी सिलवालको टिम चुनावी प्रतिस्पर्धा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?