धनगढीमा स्वस्तिक मल्टिस्पेसियालिटी हस्पिटलको स्वास्थ्य सेवा सुरु
हेल्थ टिभी अनलाइन \धनगढी : धनगढीको चटकपुरमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरु सहितका विशेषज्ञ सेवाहरु आजदेखि अस्पतालमा सुरु भएको हो । अस्पतालले आजदेखि ईमरजेन्सी, फार्मेसी, प्रयोगशाला सहितका केही विशेषज्ञ सेवाहरु सुरु गरेको छ । बाँकी बिशेषज्ञ सेवाहरु पनि छिट्टै सञ्चालनमा ल्याईने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए ।
२५ शैय्याको अस्पतालमा आईसीयू एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् ।
यसका साथै यस क्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरु पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ ।
मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहँदै आएकोमा अब यी सेवाहरु पनि धनगढीमै पाईने र ती सेवाहरु सुचारु गर्नका लागि काम भईरहेको अस्पतालका अध्यक्ष जोशीले जानकारी दिए । अस्पतालमा दुर्घटनामा घाईतेहरुको सहज उपचारका लागि ट्रमा ईमरजेन्सी कक्ष बनाईएको छ । जुन कक्षभित्र नै अलग्गै शल्यक्रिया कक्ष, आईसियु र भेन्टिलेटरको व्यवस्था गरिएको छ । यो सेवा पनि सुरु हुने अवस्थामा पुगेको छ । ट्रमा ईमरजेन्सी कक्ष सञ्चालनमा आएपछि दुर्घटनामा घाईतेहरुले अकालमै ज्यान गुमाउने अवस्था र थप उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । मुटु र क्यान्सर रोगको मात्रै होईन प्लाष्टिक सर्जरी, टेष्ट ट्युव बेबी सहितका अन्य सबै बिशेषज्ञ सेवा सहित अस्पताल सञ्चालनको योजना अनुसार हाललाई केही बिशेषज्ञ सेवाहरुबाट सुरुवात गरिएको र क्रमशः सबै बिशेषज्ञ सेवाहरु थपिदै लैजाने जोशीले बताए ।
अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे ९ओपीजी० सेवा, टेष्ट ट्युब बेबी÷आईभिएफ तथा अंकोलोजी सेवाहरु पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटलका अध्यक्ष जोशीले बताए ।
अस्पतालमा शल्यक्रिया गर्नका लागि विश्व स्तरीय मोडुलर अप्रेशन थियटर तयार पारिएको छ । यो प्रकृतिको शल्यक्रिया कक्ष पश्चिम नेपालकै पहिलो भएको अस्पतालको दावी छ । अस्पतालले सबै खालका बिरामीका लागि सेवार सुविधाहरु थप्दै उत्कृष्ट स्वास्थ्य प्रदान गर्ने लक्ष्य लिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य