Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन

आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडी आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

उनलाई बचाउने प्रयास स्वरुप कीर्तिपुर अस्पताल लगिएको भए पनि उनको ८० प्रतिशत शरीर जलेका कारण उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले  जनाएकाे छ ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए ।

व्यापार व्यसायमा असफल भएपछि जीवनदेखि हार मानेर उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर आत्मदाह गर्ने निर्णय गरेका थिए । सोही क्रममा उनको निधन भएको हाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि