आफ्नै शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडी आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।
उनलाई बचाउने प्रयास स्वरुप कीर्तिपुर अस्पताल लगिएको भए पनि उनको ८० प्रतिशत शरीर जलेका कारण उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए ।
व्यापार व्यसायमा असफल भएपछि जीवनदेखि हार मानेर उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर आत्मदाह गर्ने निर्णय गरेका थिए । सोही क्रममा उनको निधन भएको हाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?