क्याम्पस चिफ भन्छन, ‘होस्टेलमा नियम विपरित बसेका विद्यार्थीलाई मात्र निकाल्न खोजिएको हो’
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को होस्टेलमा नियम विपरित बसेका विद्यार्थीलाई निकाल्न खोज्दा उनीहरुले उल्टै ताला लगाएको आरोप क्याम्पस प्रशासनले लगाएको छ ।
वर्षौदेखि होस्टेलको नियम विपरित बस्दै आएका विद्यार्थीहरुलाई नियम संगत होस्टेलमा भर्ना भएर बस भनेर सूचना निकाल्दा एक्कासी क्याम्पस चिफ र डीन कार्यालयमा गएर तालाबन्दी गरेको महाराजगंज मेडिकल क्याम्पसका प्रमुख प्राडा अर्जुनप्रसाद लामिछानेले बताए । उनले भने, ‘वषौंदेखि होस्टेलमा भर्ना पनि नहुने र होस्टेलको नियमसंगत पनि काम नगर्ने विद्यार्थीलाई होस्टेलमा नियम विपरित बस्न पाइँदैन भनेका हौं । उनीहरुले त्यसमा आफूहरु नियम विपरित नै बस्न पाउने अडानका साथ आन्दोलन गरिरहेका छन्। यो कत्तिको न्यायसंगत हो ।’
यतिबेला होस्टेल व्यवस्थापन समितिले गल्स होस्टेलमा समस्या भएको भन्दै उनीहरुको लागि ठाउँ बनाउन नियम विपरित बसेका विद्यार्थीलाई अन्त सिफ्ट हुन आग्रह गर्दै सूचना निकालेको हो । तर यसमै विद्यार्थीले विरोध गरेको होस्टेल व्यवस्थापन समितिका संयोजक डा राहुल पाठक बताउँछन्। २ सय जना फिमेल विद्यार्थीमा जम्मा ६४ जनाले मात्र होस्टेल पाएको उनको भनाई छ ।
विभिन्न दल तथा भातृ संगठनको आडमा विद्यार्थीले आफूखुशी होस्टेलमा बस्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको क्याम्पस प्रशासनको आरोप छ ।
उता विद्यार्थीहरुले भने सबै विद्यार्थीलाई प्रयाप्त मात्रामा होस्टेलको व्यवस्थापन हुनुपर्ने माग राखेका छन्। यदि क्याम्पस परिसर भित्र होस्टेलको व्यवस्थापन गर्न नसके क्याम्पसले भवन भाडामा लिएर बाहिर भए पनि व्यवस्थापन गर्नुपर्ने माग उनीहरूकाे छ ।
साेही माग लिएर क्याम्पस चिफ र डीनको कार्यालयमा सोमबारदेखि उनीहरूले ताला लगाएका छन्। आज सोही ताला प्रहरी आएर खोल्ने क्रममा केहीवेर झडप समेत भएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?