आईओएमका विद्यार्थी र प्रहरीबीच झडप
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। महाराजगंजस्थित आईओएम डीनको कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले खोल्ने क्रममा उक्त झडप भएको हो ।
आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले केही विद्यार्थीले नियम विपरित काम गरेपछि होस्टेल व्यवस्थापनले सूचना निकालेको र त्यसलाई नै उनीहरुले इस्यु बनाएर डीन कार्यालयमा ताला लगाएको बताइन्। डीन शाहले आज ताला खोल्ने क्रममा सामान्य भनाभन भए पनि अहिले वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको समेत जानकारी दिइन्।
विद्यार्थीहले भने आईओएमको होस्टलको उचित व्यवस्थापन हुनुपर्ने, सेवा सुविधा बढाइनुपर्ने जस्ता माग राखेर सोमबारबाट आन्दोलन गरिरहेका छन्। आज बिहान प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गर्न खोज्दा झडप भएको हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’