स्वास्थ्य मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रको अनुगमनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी दादुरा प्रभावित क्षेत्र बाँके अनुगमनमा पुगेका छन्। मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो ।
बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छ्न् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् । सोही जानकारी लिन मन्त्री बाँके पुगेका हुन ।
मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रमा पुगेपछि भेरी अस्पतालको निरीक्षण पनि गरेका छन्। उनले डायलाइसिस कक्षको समुद्घाटन समेत गरेका छन्। अब डायलाइसिस कक्ष ६ बाट १० वेड पुर्याइएको छ । योसँगै अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गिरीले सरकार गुणस्तरीय सेवामा सबैको पहुँच पुराउन आफू लागि पर्ने बताए । उनले कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार लागिपरेको समेत जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण