Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रको अनुगमनमा

स्वास्थ्य मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रको अनुगमनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी दादुरा प्रभावित क्षेत्र बाँके अनुगमनमा पुगेका छन्। मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो ।

बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छ्न् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् । सोही जानकारी लिन मन्त्री बाँके पुगेका हुन ।

मन्त्री गिरी दादुरा प्रभावित क्षेत्रमा पुगेपछि भेरी अस्पतालको निरीक्षण पनि गरेका छन्। उनले डायलाइसिस कक्षको समुद्घाटन समेत गरेका छन्। अब डायलाइसिस कक्ष ६ बाट १० वेड पुर्‍याइएको छ । योसँगै अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गिरीले सरकार गुणस्तरीय सेवामा सबैको पहुँच पुराउन आफू लागि पर्ने बताए । उनले कुनै पनि नागरिक उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार लागिपरेको समेत जिकीर गरे ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन