Health TV Online
Health TV Online

पोखरामा दुर्घटनाग्रस्त यति विमानमा दुई डाक्टर पनि सवार

पोखरामा दुर्घटनाग्रस्त यति विमानमा दुई डाक्टर पनि सवार

हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरामा आज दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवारक रहेको ट्रमा सेन्टरका पूर्वनिर्देशक डा सन्तोष पौडेलले पुष्टि गरेका छन्। उनीहरुसँगै १० महिनाको बच्चा पनि रहेको बुझिएको छ । डा श्रेष्ठ पोखरा निवासी हुन् ।

उनीहरुको अवस्थाको बारेमा भने अहिले सम्म जानकारी आउन सकेको छैन। आज बिहान काठमाडौंबाट पोखरा उडेको जहाज विमानस्थल नजिकै दुर्घटना भएको हो। यसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार