नेपाल क्यान्सर अस्पतालद्धारा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमको आयोजना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले लुम्बिनीको भैरहवामा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमकाे आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपालका २५० देखि ३ सयको हाराहारीमा विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहने अस्पतालले जनाएको छ ।
‘स्ट्यान्डर्ड क्यान्सर केयर : अ रियालिटी इन नेपाल’ नामक सीएमई कार्यक्रममा अस्पतालका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा बिजेसराज घिमिरे, डा कपेन्द्र शेखर अमात्य, डा अन्जु श्रेष्ठ, नविन काजी बज्राचार्य, डा अम्रित कोइराला, डा प्रभातचन्द्र ठाकुर लगायतको क्यान्सरका विभिन्न विषयमा प्रस्तुती रहनेछ ।
उक्त कार्यक्रमको सहयोगीको रुपमा नेपाल क्यान्सर सपोर्ट ग्रुप र एशियन फर्मासिटिकल्स प्रालि रहेको छ ।
सीएमई कार्यक्रममा नेपालमा क्यान्सर रोग र यसको उपचारमा भएका विविध पक्षकोबारेमा छलफल हुनेछ । यसका साथै शुक्रबार भैरहवामा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत हुने जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण