Health TV Online
Health TV Online

बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, ६ दिनमा ७ हजार बढीले लगाए खोप

बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, ६ दिनमा ७ हजार बढीले लगाए खोप

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ ।  यो संख्या बुधबार ५ बजेसम्मको हो ।

दादुरा रोकथामका लागि त्यहाँ पुस २२ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ।  सो अभियानमा बुधबारसम्म ७ हजार १६३ जनाले खोप लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा ७ हजार डोज दादुरा रुबेला खोप स्टक रहेको र आज ३०,००० मात्रा थप खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्र मार्फत प्राप्त हुने पनि जनाइएको छ ।

नेपालगञ्ज यही पुस १२ गतेदेखि दादुरा फैलिएको थियो । जसबाट एक जनाको मृत्यु समेत भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १२ वटा वडाका ११३ जनामा संक्रमण देखिएको छ । यसैगरी खजुरा गाउँपालिकामा २ जनामा दादुरा पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११५ भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार