Health TV Online
Health TV Online

सप्तरीमा क्यान्सर सम्बन्धी नि:शुल्क शिविर सम्पन्न

सप्तरीमा क्यान्सर सम्बन्धी नि:शुल्क शिविर सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : सप्तरीका दुई छुट्टा छुट्टै स्थानमा बृहद क्यान्सर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, रोटरी क्लब अफ एल, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सहयोग समूहको सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो । सप्तरीको कन्चनपुरमा भएको शिविरमा ४३५ जनाले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी १७१ जना महिलाले प्याप स्मेयर गरेका थिए भने १९० जनाले स्तन जाँच गराएका थिए । यसैगरी सुरुगांमा गरिएको शिविरमा २०५ जनाले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी १२८ जनाले प्याप स्मेयर र १३५ जनाले स्तन जाँच गराएका थिए ।

शिविरमा निशुल्क पाठेघरको जाँच, स्तार क्यान्सरको जाँच, प्रयोगशाला सेवा साथै औषधी समेत निशुल्क वितरण गरिएको थियो । शिविरमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायकाबारेमा जानकारी गराएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार