बालबालिकालाई दादुरा खोप किन लगाउने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : दादुरा अति छिटो सर्ने एक संक्रामक रोग हो । यसले धेरैजसो ५ वर्ष मूनिका बालबालिकालाई बढी प्रभावित पार्छ र छिटो एकबाट अर्कोमा सर्ने गर्छ । दादुरा लागेपछि उच्च ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, जलवियोजन हुने, कुपोषण हुने जस्ता कारणले बिरामीको मृत्यु सुमेत हुने गर्छ ।
यति बेला बाँकेको नेपालगंजमा दादुराले महामारीकै रुप लिएको छ । आइतबारसम्म बाँकेमा ७८ जना बालबालिकाका दादुरा पुष्टि भइसकको छ भने ए जनाको मृत्यु भएको छ । दादुरा आउटब्रेक भएपछि नेपालगंजमा अतिरिक्त दादृुरा खोप दिन थालिएको छ । अति नै संक्रामक रोग भएकाले यसको संक्रमण धेरै नफैलियोस भनेर प्रभावित वडाका बालबालिकालाई अतिरिक्त दादुरा खोप दिन थालिएको नेपालगंज उप महानगरले जनाएको छ ।
अहिले नेपालगंजमा दादुरा पुष्टि भएका अधिकांस बालबालिका दादुरा विरुद्धको खोप नलगाएका भएको समेत उपमहानगरले जनाएको छ । दादुरा रोगबाट बच्नका लागि एक मात्र उपाय भएकाले यस विरुद्धको खोप आफना बालबालिकालाई लगाउन सहयोग गर्न स्वास्थ्य कार्यालय बाँकेले सबैलाई अपिल समेत गरेको छ ।
बालबालिकाको जीवन रक्षा गर्ने भएकाले यस खोप अनिवार्य लगाउन सबैलाई आग्रह पनि गरिएको छ । यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?