Health TV Online
Health TV Online

स्वास्थ्यका १२ जनाको ११ औं तहमा बढुवा सिफारिस

स्वास्थ्यका १२ जनाको ११ औं तहमा बढुवा सिफारिस

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका १२ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूह अन्तरगतका विभिन्न उप समूहका १२ जना कर्मचारीलाई ११ औं तहमा बढुवाका लागि सिफारिस गरेको हो । यसै साता बसेको बढुवा समितिको बैठकले उनीहरुलाई लाई बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार डा विजय थापालाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिक सर्जनको रुपमा ११ औं तहमा बढुवाको सिफारिस भएको छ । यसैगरी डा लिपा बैद्यलाई प्रमुख कन्सल्टेन्ट साइक्रयाट्रिकमा बढुवाका लागि सिफारिस भएको छ । उता प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्टको रुपमा ११ औं तहमा दुई जनाको डा सुरेश थापा र डा प्रशान्त खतिवडालाई बढुवाको सिफारिस भएको छ ।

यसैगरी प्रमुख कन्सलटेन्ट इएनटी सर्जनमा डा विक्रम बुढाथोकी, प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा डा रेश्मा श्रेष्ठ, प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्टमा निर्मला लछमी श्रेष्ठ बढुवा भएका छन् ।

यसैगरी प्रमुख अस्पताल नर्सिङ प्रशासक मा हिराकुमारी निरौला, प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनमा डा प्रमोदकुमार कोइराला र प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्टमा श्रवणकुमार मिश्र बढुवामा सिफारिस भएका छन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार