स्वास्थ्यका १२ जनाको ११ औं तहमा बढुवा सिफारिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका १२ जना कर्मचारीलाई ११ औं तहमा बढुवा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूह अन्तरगतका विभिन्न उप समूहका १२ जना कर्मचारीलाई ११ औं तहमा बढुवाका लागि सिफारिस गरेको हो । यसै साता बसेको बढुवा समितिको बैठकले उनीहरुलाई लाई बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार डा विजय थापालाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिक सर्जनको रुपमा ११ औं तहमा बढुवाको सिफारिस भएको छ । यसैगरी डा लिपा बैद्यलाई प्रमुख कन्सल्टेन्ट साइक्रयाट्रिकमा बढुवाका लागि सिफारिस भएको छ । उता प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्टको रुपमा ११ औं तहमा दुई जनाको डा सुरेश थापा र डा प्रशान्त खतिवडालाई बढुवाको सिफारिस भएको छ ।
यसैगरी प्रमुख कन्सलटेन्ट इएनटी सर्जनमा डा विक्रम बुढाथोकी, प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा डा रेश्मा श्रेष्ठ, प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्टमा निर्मला लछमी श्रेष्ठ बढुवा भएका छन् ।
यसैगरी प्रमुख अस्पताल नर्सिङ प्रशासक मा हिराकुमारी निरौला, प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनमा डा प्रमोदकुमार कोइराला र प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्टमा श्रवणकुमार मिश्र बढुवामा सिफारिस भएका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?