Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तराई- मधेशमा किन चल्छ शीतलहर ?

तराई- मधेशमा किन चल्छ शीतलहर ?

हेल्थ टिभी अनलाइन : तराई मधेशका जिल्लामा केही दिनयता चलिरहेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ।

वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार ती जिल्लामा दिनभरिजसो बाक्लो हुस्सु लाग्दा हवाई उडान समेत प्रभावित हुँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्वी, पश्चिमी र मध्य तराईमा शीतलहरको प्रभाव देखिएको छ।

“सबैभन्दा बढी प्रभाव मध्य तराई चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा० मा देखिएको छ,” महाशाखास्थित मौसमविद्‌ विनु महर्जनले बीबीसीसँग भनिन्। उनका अनुसार नेपालको तराईमा सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीको अवधिमा शीतलहर चल्ने गरेको छ।

“हामीकहाँ तुलनात्मक रूपमा ज्यानुअरी महिनामा चाहिँ अलि बढी शीतलहर चल्ने गरेको पाइन्छ,” महर्जनले भनिन्। जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ।

तर तराईमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ। नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि त्यस्तै हुन्छ।

मौसमविद्‌ विनु महर्जन पनि पहाडको भूबनोटका कारण त्यहाँ तराईमा जस्तो शीतलहर नचल्ने गरेको बताउँछिन्।

“शीतलहर चल्नलाई एकरूपको जमिन चाहिन्छ। पहाडी भूभागमा त कतै उपत्यका हुन्छन्, कतै डाँडाकाँडा हुन्छन्,” उनले भनिन् । तराईमा यसपालि शीतलहरबाट केही व्यक्तिको ज्यान गइसकेको विवरण सञ्चारमाध्यममा आएको छ। तर अधिकारीहरूले त्यसको पुष्टि गर्न सकेनन्। शीतलहरका कारण जनजीवन प्रभावित भइरहँदा आवश्यक कदम चाल्न निर्देशन दिइसकिएको सङ्घीय सरकारका अधिकारीहरूले बताएका छन्।

बीबीसीबाट :

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन