अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे कारबाही गरिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिरामीले सरकारी अस्पतालमा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र नहटे सो संस्थाका पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
मंगलबार सचिवहरुसँगको छलफलपछि उनले सरकारी अस्पतालमा सेवा पाउन बिरामीले महिनौं लाइन बस्नुपर्ने अवस्थाको १ महिनाभित्र अन्त्य गर्न निर्देशन दिएका हुन्।
उनले सिधै जनतासँग जोडिने स्वास्थ्य, शिक्षा, सवारी लाइसेन्स, मालपोत राष्ट्रिय परिचय पत्र लगायतका सेवामा अब पनि महिनौं लाम लागेर जनताले सास्ती भोग्नु परेमा सरकार निर्मम भएर कारवाहीमा उत्रिने चेतावनी दिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?