Health TV Online
Health TV Online
Health TV Online

हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया

हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : तपाइँहरुमध्ये धेरैलाई सम्पूर्ण सुविधा सम्पन्न प्राइभेट अस्पतालले पनि सरकारीभन्दा पनि कम शुल्कमा अन्तराष्ट्रिय स्तरको शल्यक्रिया सेवा दिन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर प्राइभेट अस्पतालहरुको भिडमा यस्तो अस्पताल पनि छ जहाँ हरेक दिन ४ जना अति विपन्न बिरामीको अन्यन्त कम शुल्क सरकारी अस्पतालमा लाग्ने भन्दा पनि कम शुल्क लिएर शल्यक्रिया हुँदै आएको छ । यसरी विपन्न बिरामीको सेवालाई आफनो सामाजिक उत्रदायित्व अन्तर्गत राखेर लगभग नि:शुल्क जस्तै शल्यक्रिया सेवा दिने संस्था हो खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी ।

एक वर्षअघि स्थापना भएको उक्त इन्स्टिच्युटले मिर्गौला पत्थरी भएका र प्रोस्टेट ग्रन्थीको समस्या भएका विपन्न बिरामी जसले पैसा नभएकै कारण शल्यक्रिया गर्न सकिरहेका छैनन् त्यस्ता बिरामीलाई आफनो वडाबाट विपन्न नागरिकको सिफारिस ल्याएमा अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ । इन्स्टिच्युटका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट डा सन्जय खड्गीले आफूहरुको उद्धेस्य नै गरिब तथा विपन्न बिरामीको सेवा गर्ने भएको भन्दै हरेक दिन ४ जनाको सरकारी अस्पतालहरुले लिनेभन्दा पनि कम शुल्कमा शल्यक्रिया गर्दै आएको बताए । यस्तो सेवाले धेरै लामो समयसम्म मिर्गौलामा पत्थरी भएर समस्या भोगिरहेका र प्रोस्टेटको समस्या बोकेर बसिरहेका बिरामीलाई ठूलो राहत भएको बताए ।

उनले भने, ‘कोही बिरामी म गरिब छु म केही खर्च गर्न सक्दिन भन्यो भने हामी त्यही कम शुल्क पनि नलिएर नि:शुल्क शल्यक्रिया गरिदिन्छौं । हाम्रो उद्धेस्य कोही पनि बिरामी आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बस्न नपरोस भन्ने हो ।’

त्यसो त यस इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका बिरामीको लागि पूर्ण रुपमा निशुल्क शल्यक्रिया शिविर समेत गर्दै आएको छ । एक वर्षमा मात्रै इन्स्टिच्युटले दुई पटक यस्तो शल्यत्रिया शिविर सम्पन्न गरिसकेको छ । जसबाट ७० जना भन्दा बढी विपन्न बिरामीले निशुल्क रुपमा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अपरेसन थियटरमा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका विज्ञ डाक्टरबाट सेवा लिन पाएका छन्।

यसभन्दा अघि गत माघ महिनामा ३० देखि ४० जना विपन्न बिरामीको लागि इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेत सँगको सहकार्यमा मिर्गौला पत्थरी बिरामीका लागि तीन दिने नि शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको थियो । यसैगरी यही पुस १४, १५ र १६ गते तीन दिन मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा खड्गी यदि कोही बिरामी महिनौं सम्म सरकारी अस्पतालमा सस्तोमा उपचार हुन्छ भनेर पालो कुरेर बसिरहेको छ भने त्यस्ता बिरामीलाई आफनोमा आएर त्यहीं लाग्ने शुल्कमा शल्यक्रिया गर्न आग्रह गर्छन । उनले कयौं बिरामी शल्यक्रिया खर्च जोहो गर्न नसकेर त कयौं बिरामी पालो नपाएर रोग पालेर बसिरहेका छन् हामी त्यस्ता बिरामीको शल्यक्रिया खुशीसाथ गर्दिन तयार छौं ।

उनले भने, ‘ हाम्रो इन्स्टिच्युट यस्तो संस्था हो जहाँ हुने र सक्ने बिरामीले लाग्ने सबै खर्च व्यहोर्छन नसक्नेलाई हामी हेछौं ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार