थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २७
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८सय ५८ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या बढेर २७ पुगेको छ । यहीवीच १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
छिमेकी मुलुक चीन लगायतका केही देशमा कोरोना नयाँ स्वरुपमा देखिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन र अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?