Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हिमआँधीका कारण अमेरिकामा ६० जनाभन्दा बढीको मृत्यु

हिमआँधीका कारण अमेरिकामा ६० जनाभन्दा बढीको मृत्यु

हेल्थ टिभी अनलाइन : हिमआँधीका कारण अमेरिकामा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । न्यूयोर्कको बफेलो सहरमा मात्र घातक हिमआँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको बताइएको छ ।

मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको अनुमान छ । उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्।

आपत्‌कालीन अवस्थामा सहरमा विभिन्न भागमा लुटपाट भएका विवरण आएका छन्। हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन्।

मङ्गलवार थोरै मात्रै हिमपात भएको र मौसम थोरै न्यानो भएका कारण अवस्थामा सुधार आउने ठानिएको छ।

बीबीसीबाट

 

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन