निवर्तमान स्वास्थ्यमन्त्री खापुङले भने, ‘मेरो कार्यकालमा धेरै उपलब्धी भएको छ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : निर्वतमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जाँदाजाँदै आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धी भएको दाबी गरेका छन्।
आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री खापुङले आफूले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम गरेको बताए । उनले कोरोनाको खोपमा पाएको सफलतादेखि आधारभूत अस्पताल बनाउने, हैजा, डेंगु नियन्त्रण गर्ने काम सम्मको आफनो कार्य सफलतामा समावेश गरेका छन्। उनले आफनो कार्यकालमा स्वास्थ्यकर्मी तथा कर्मचारीको सहयोगले आफूले काम गर्न सकेको भन्दै उनीहरुलाई धन्यवाद समेत दिए ।
उनी आजैबाट स्वास्थ्य मन्त्रालयबाट बिदा भएका छन्। उता नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भने अझै टुंगो लागेको छैन ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?