हाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई नै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ सरकार गठन भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे भने अझै कसलाई जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन्। जसले गर्दा अहिलेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले नै राखेका छन्।
मन्त्रालयका विषयमा सत्ता साझेदार दलहरुसँग छलफल बाँकी रहेकाले हाललाई स्वास्थ्य मन्त्रायलको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै राखेका हुन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम अर्थ मन्त्री विष्णु पौडेल, उपप्रधान एवम भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम गृह मन्त्री रबि लामिछानेलाई सपथ ग्रहण गराएकी छन् ।
यसैगरी विना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वाला साह, अब्दुल खान र राजेन्द्रकुमार राईले पनि शपथ लिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण