Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

६ वर्ष लगाएर गरेको अध्ययन भन्छ : निमोकोकल खोप बालबालिकाका लागि अत्यन्त प्रभावकारी

६ वर्ष लगाएर गरेको अध्ययन भन्छ : निमोकोकल खोप बालबालिकाका लागि अत्यन्त प्रभावकारी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : निमोनिया लगायतका रोगबाट जोगाउन निमोकोकल खोप बालबालिकाका लागि अत्यत्त आवश्यक र प्रभावकारी भएको एक अध्ययनले देखाएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाल अनुसन्धान इकाईले अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विगत १८ बर्षदेखि बालबालिकामा खोपद्धारा रोकथाम गर्न सकिने रोगहरुका बारेमा विभिन्न अनुसन्धानात्मक अध्ययनहरु गर्दै आएको छ । ती मध्ये निमोकोकल खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरे पश्चात बालबालिकामा देखिएका प्रभाव बारे गाभी तथा द भ्याक्सिन अलायन्सको आर्थिक अनुदानमा गरिएको ६ बर्षे लामो अध्ययन हालै सम्पन भएको छ ।

सो अध्ययनको अन्तिम नतिजा यही पौष ६ गते सार्वजनिक गर्दै यसको प्रभावकारिताको बारेमा विज्ञहरुवीच छलफल समेत भएको छ । सो अध्ययनका अनुसार बालबालिकाका लागि यो खोप अत्यन्त प्रभावकारी देखिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति तथा स्वास्थ्य सेवा विभागका महानिर्देशकको उपस्थिीतीमा सो अध्ययन सार्वजनिक गरिएको थियो । यसैगरी उक्त कार्यक्रममा परिवार कल्याण महाशाखा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, राष्ट्रिय खोप सल्लाहकार समिति, ए.ई.एफ.आई.कमिटी, नेपाल बालरोग समाजका प्रतिनिधि, अक्सफोड भ्याक्सिन इकाई, अक्सफोर्ड विश्वविद्यालयका प्रतिनिधि चिकित्सक समेतको उपस्थिति रहेको थियो । त्यस्तै अनलाइन मार्फत, अक्सफोर्ड विश्वविद्यालय, अक्सफोड भ्याक्सिन इकाईका निर्देशक तथा यस अध्ययनका मूख्य अनुसन्धानकर्ता प्रा.सर एन्ड्रयू पोलार्ड पनि जोडिएका थिए ।

कार्यक्रममा अध्ययनका प्रमूख अनुसन्धानकर्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राडा श्रृजना श्रेष्ठले अध्ययनका मुख्य नतिजाहरु प्रस्तूत गरेकी थिइन । उनले राष्ट्रिय खोप कार्यक्रममा निमोकोकल खोप समावेश गरिएपछि प्राइमरी एन्ड पोइन्ट निमोनिया घटेको देखिएको बताइन । उनले भनिन, ‘अध्ययनमा बालबालिकाको नाकको पछाडिको भागमा सामान्यतया भेटिने निमोकोकस (Nasopharyngeal Carriage)  मा PCV10 मा समावेश भएका प्रजाति (सेरो टाइप) घटेको पाइयो र तुलनात्मक रुपमा २ बर्षमूनिका बालबालिकामा यो अत्याधिक मात्रामा घटेको देखियो ।’

कार्यक्रममा खोपको शुरुवात पछि खोपमा समेटिएको प्रजातिहरु तथा अन्य प्रजातिका संक्रमण दर के कस्तो अवस्थामा रहन्छ भनी मूल्याङ्कन गर्न सर्वेक्षण अध्ययन जारी राख्न जरुरी भएको निश्कर्ष निकालिएको थियो

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि