थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना नै संक्रमणमुक्त भएका छन्। अहिले देशभर ११ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमण कम भएको भए पनि चीन लगायतका केही देशमा फरक स्वरुपमा कोरोना संक्रमण फैलिरहेको छ । खुला सिमाना र मानिसहरुको आवतजावतका कारण संक्रमण फेरि फैलिन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू