पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ।
विभागले पारामेडिक्स अन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षय कुष्ठ सहायक र एनेस्थेटिक सहायकलाई पाँचौं तहबाट छैठौंमा स्तरवृद्धि गरेको हो।
विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?