Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि

पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ।

विभागले पारामेडिक्स अन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षय कुष्ठ सहायक र एनेस्थेटिक सहायकलाई पाँचौं तहबाट छैठौंमा स्तरवृद्धि गरेको हो।

विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेका ५०७ जनाको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन