अब देशभर १९ जना सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १९ पुगेको हो ।
यसैगरी यहीवीच ३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ३३ हजार ५१३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको ज्यान गएको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?