Health TV Online
Health TV Online

ईशान बाल अस्पतालको २७ औं वार्षिक साधारण सभा सम्पन्न

ईशान बाल अस्पतालको २७ औं वार्षिक साधारण सभा सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं :  काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालको २७ औं साधारणसभा सम्पन्न भएको छ ।  बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रको उत्कृष्ट अस्पतालको रुपमा परिचित ईशान बाल अस्पतालले शनिबार आफनो २७ औं साधारणसभा सम्पन्न गरेको हो ।

विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले बताए ।

उनले अहिले आफ्नो अस्पताल आफनै सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको जनाए ।

उनले ईशान अस्पताल बिरामी र वातावरण मैत्री भएको समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार