डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९ प्रदान गरेको छ।
मुटु रोगको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै प्रतिष्ठानले शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औं वार्षिक साधारण सभामा यसवर्षको उक्त सम्मान डा अनिललाई प्रदान गरेको हो।
कार्यक्रममा काभ्रेका मेयर शान्ति रत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा अनिललाई उक्त सम्मान प्रदान गरेका थिए।
डा अनिल सामाजिक सञ्जाल मार्फत मुटुरोगबारे जनचेतना जगाउन निकै सक्रिय देखिन्छन्। सरल भाषाका उनका जनचेतनामूलक भिडियो सन्देशहरु निकै रुचाइन्छन्।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?