Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल हृदयरोग निवारण प्रतिष्ठानले  मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई  मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९ प्रदान गरेको छ।

मुटु रोगको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै प्रतिष्ठानले शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औं वार्षिक साधारण सभामा यसवर्षको उक्त सम्मान डा अनिललाई प्रदान गरेको हो।

कार्यक्रममा काभ्रेका मेयर शान्ति रत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा अनिललाई उक्त सम्मान प्रदान गरेका थिए।

डा अनिल सामाजिक सञ्जाल मार्फत मुटुरोगबारे जनचेतना जगाउन निकै सक्रिय देखिन्छन्। सरल भाषाका उनका जनचेतनामूलक भिडियो सन्देशहरु निकै रुचाइन्छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन