भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका ३ हजार बढी आँखाका बिरामीको उपचार
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाहीमा तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ। अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको हो।
उक्त शिविरमा ८९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए। सो शिविरमा मंसिर २६ र २७ गते २४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ।
यस्तै सर्लाहीकै हरिवनमा रहेको चतुरभुजेश्वर शिव मन्दिरमा शिविर गरिएको छ। मंसिर २३ गतेबाट २९ गतेसम्म सञ्चालित उक्त शिविरलाई डाक फाउण्डेशनले सहयोग गरेको थियो भने गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले सहकार्य गरेका थिए।
उक्त शिविरमा दुई हजार १४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिएका छन्। सो शिविरमा २६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य