Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसो बढ्यो सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय

चिसो बढ्यो सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन  \काठमाडाैं : चिसो बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सन्जय ठाकुरले केही दिन यता चिसो बढेको भन्दै यो बेला केही रोगहरुले सताउने हुँदा सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलालाई चिसो मौसममा बढी समस्याहरु देखिने हुँदा उनीहरुले विशेष ख्याल गर्नुपर्ने बताए । यसका साथै अन्य व्यक्तिहरुले पनि चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो खाना खाने, घरबाहिर चिसोमा धेरै नबस्ने लगायतका सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

चिसो मौसममा आगो ताप्दा तथा हिटर बाल्दा सतर्कता अपनाई कोठामा हावा आवतजावत भइरहेको छ छैन ख्याल गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । कोठामा आगो बालेर ताप्दा अक्सिजनको कमी भएर दुर्घटना हुने सम्भावना हुने हुँदा आगो बाल्दा हावा पास हुने गरी झ्याल ढोका खुला राख्न पनि आग्रह गरिएको छ ।

यसका साथै यो बेला पानी उमालेर मन तातो बनाएर पटक पटक पिउने गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कन परेमा पूरै शरीर ढाकिने गरी लुगा लगाएर मात्र निस्कन पनि मन्त्रालयले आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन