चिसो बढ्यो सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडाैं : चिसो बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा सन्जय ठाकुरले केही दिन यता चिसो बढेको भन्दै यो बेला केही रोगहरुले सताउने हुँदा सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलालाई चिसो मौसममा बढी समस्याहरु देखिने हुँदा उनीहरुले विशेष ख्याल गर्नुपर्ने बताए । यसका साथै अन्य व्यक्तिहरुले पनि चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो खाना खाने, घरबाहिर चिसोमा धेरै नबस्ने लगायतका सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
चिसो मौसममा आगो ताप्दा तथा हिटर बाल्दा सतर्कता अपनाई कोठामा हावा आवतजावत भइरहेको छ छैन ख्याल गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । कोठामा आगो बालेर ताप्दा अक्सिजनको कमी भएर दुर्घटना हुने सम्भावना हुने हुँदा आगो बाल्दा हावा पास हुने गरी झ्याल ढोका खुला राख्न पनि आग्रह गरिएको छ ।
यसका साथै यो बेला पानी उमालेर मन तातो बनाएर पटक पटक पिउने गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । चिसो मौसममा बाहिर निस्कन परेमा पूरै शरीर ढाकिने गरी लुगा लगाएर मात्र निस्कन पनि मन्त्रालयले आग्रह गरेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य