स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको छ ।
यही पुस २ गते शनिबार कालिमाटीस्थित स्पार्क अस्पताल परिसरमा शिविर सञ्चालन हुन लागेको हो । शिविरमा हाडजोर्नी, नशा रोग, फिजियोथेरापी, दाँत तथा मुखको जाँच , आँखा जाँच लगायतका सेवा दिइने अस्पतालका निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।
यसका साथै बिरामीलाई औषधि समेत नि:शुल्क वितरण गरिने जनाइएको छ भने शिविरमा आउने सबैको सुगर परीक्षण गरिनेछ । सो दिन एक्सरे लगायतका अन्य परीक्षणमा विशेष छुट प्रदान गरिने हुँदा मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।
शिविर शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण