Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ मात्रै

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ मात्रै

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब सक्रिय कोरोना संक्रमितको संख्या घटेर १७ मात्रै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांक अनुसार देशमा अहिले सक्रिय संक्रमित १७ मात्र रहेका हुन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।

केही महिना यता विश्वमै कोरोना संक्रमण दर घटेको छ भने नेपालमा पनि यसको जोखिम कम हुँदै संक्रमण पनि कम भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार