देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब सक्रिय कोरोना संक्रमितको संख्या घटेर १७ मात्रै रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांक अनुसार देशमा अहिले सक्रिय संक्रमित १७ मात्र रहेका हुन्। नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
केही महिना यता विश्वमै कोरोना संक्रमण दर घटेको छ भने नेपालमा पनि यसको जोखिम कम हुँदै संक्रमण पनि कम भएको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?