चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको आगामी माघको दोस्रो साता हुने भएको छ । काउन्सिलले आगामी आगामी १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ ।
परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसीर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन् । यसैगरी २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सकिने पनि जनाइएको छ । काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिने उल्लेख गरेको छ ।
काउन्सिलले वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिने गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?