Health TV Online
Health TV Online

चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुँदै

चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको आगामी माघको दोस्रो साता हुने भएको छ । काउन्सिलले आगामी आगामी १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ ।

परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसीर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन् । यसैगरी २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सकिने पनि जनाइएको छ । काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिने उल्लेख गरेको छ ।

काउन्सिलले वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिने गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार