Health TV Online
Health TV Online

चिसो मौसममा सख्खर खानुका फाइदा

चिसो मौसममा सख्खर खानुका फाइदा

हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेदले जाडोमा सख्खर खान निर्देश गरेको छ। त्यसैले होला माघे संक्रान्तिका दिन वा माघ महिनाभर सख्खरबाट बनेको चाकु खाने नेपालीहरूको चलन छ।

सख्खरमा प्रशस्त मात्रामा शरीरमा विभिन्न संक्रमणसँग लड्न सक्ने ‘एन्टिबायोटिक’ गुण हुन्छ। यसबाहेक सख्खरमा प्रशस्त मात्रामा आइरन पाइन्छ। त्यसैले जाडो वा अन्य जुनसुकै मौसममा पनि सख्खर खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ।

चिसोमा सख्खर खानुका फाइदा

एन्टिबायोटिक तत्त्व हुने भएकाले चिसो मौसममा हुने विभिन्न खालका संक्रमणहरूबाट बच्न सख्खर खानु राम्रो मानिन्छ। यदि शरीरमा चिसोका कारणले हुने एलर्जी छ वा अन्य कुनै कारणले एलर्जी हुने समस्या छ भने पनि खाली पेटमा कागतीको रसमा सख्खर मिसाएर खाने गर्नाले एलर्जी हुने समस्याबाट बच्न सकिन्छ।

चिसोबाट बच्नका लागि सख्खरको चिया खानु राम्रो हुन्छ। यस्तै, हरेक दिन तुलसीको पात र सख्खरलाई पानीमा उमालेर खाने गर्नाले पनि फाइदा पुग्छ। यसमा प्रशस्त मात्रामा पाइने आइरनले शरीर न्यानो बनाउन सहयोग गर्नुका साथै अन्य विभिन्न संक्रमणबाट बचाउँछ।

गुड र तिल मिसाएर बनाइएको लड्डु खाने गर्नाले पनि शरीरका लागि फाइदाजनक मानिन्छ। यसले शरीरमा रगतको कमी हुन नदिनुका साथै विभिन्न खालका पोषक तत्त्वहरू उपलब्ध गराउँछ। सख्खरमा प्रशस्त मात्रामा सेलेनियम हुन्छ र यसले शरीरमा एन्टीअक्सिडेन्टको काम गर्छ। यसले घाँटी र फोक्सोमा इन्फेक्सन हुनबाट बचाउँछ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार