पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो खोपको क्लिनिकल ट्रायल गर्न दिने निर्णय गरेको हो।
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई पोलियो रोगविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको हाे।
बुधवार मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?