डा तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा। तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।
कार्कीले काउन्सिलको सदस्य पदबाट राजिनामा नदिएरै लाभको पदमा रहेर नै उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो तर पछि सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण