क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
स्वास्थ्यमन्त्रीद्धारा उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले गरेका हुन्। मन्त्री खापुङले कार्यक्रममको उद्घाटन गर्दै नेपालमा क्रिटिकल केयर सम्बन्धी सेवामा अझै धेरै विकास हुन बाँकी रहेको भन्दै सिमित स्रोत साधनका बावजुत सोसाइटीले गरेको कामको प्रशंसा समेत गरे । उनले आफूले क्रिटिकल केयरको विकास र विस्तारका लागि सरकारको तर्फबाट के कस्तो पहल गर्नुपर्ने हो खुलेर गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा सन्जय लाखेले नेपालमा क्रिटिकल केयर मेडिसिनका विषयमा धेरै बहस नभएकै बेला आफूहरुले एउटा संस्था चाहिन्छ भनेर संस्था बनाएको र त्यसले अहिले अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्न सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सम्मेलनका साइन्टीफिक कमिटीका संयोजक डा सुवास आचार्यले सम्मेलनमा १५० भन्दा बढी क्रिटिकल केयर मेडिसिन सम्बन्धी प्रस्तुती रहेकोमा नर्सिङको मात्रै ३८ वटा प्रस्तुती हुनु आफैमा ठूलो उपलब्धी रहेको बताए । उनले क्रिटिकल केयरमा आइसीयू नर्सहरुको ठूलो भूमिका रहने भन्दै यसपटक नर्सहरुको सहभागिता र उनीहरुको प्रस्तुतीलाई जोड दिइएको समेत जानकारी दिए ।
यसैगरी सोसाइटीका महासचिव डा हेमराज पनेरुले क्रिटिकल केयर मेडिसिनको विकासका लागि बेला बेलामा यस्ता खालका सेमिनार तथा सम्मेलनहरुले अन्य देशहरुमा भएको विकास र नयाँ प्रविधिकाबारेमा जानकारी हुने बताए । उनले पहिलोपटक यस खालको वृहत सम्मेलन गरेर ५० भन्दा बढी अन्तराष्ट्रिय विज्ञहरुलाई सहभागी गराएर ज्ञान र सिप आदानप्रदान गर्न सकिएको बताए । सम्मेलनमा ६ सय बढी विज्ञ सहभागी हुने समेत उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की लगायतले नेपालमा क्रिटिकल केयर मेडिसिनको विकासका लागि सोसाइटीले गरेको कामको खुलेरै प्रशंसा गरेका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य