Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्रिटिकल केयर नर्सेस एशोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा बिमला श्रेष्ठ

क्रिटिकल केयर नर्सेस एशोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा बिमला श्रेष्ठ

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । विमला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । एशोसिएसनको उपाध्यक्षमा कविता सिटौला चयन भएकी छिन। यसैगरी महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा अमात्य, सह कोषाध्यक्ष सविना पाठक चयन भएका छन्।

यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बरुणा पौडेल, मनिषा, निशा भण्डारी, परिस्मा ताम्राकार र सविता श्रेष्ठ रहेका छन्। शुक्रबार भएको अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको हो । यसअघि लक्ष्मी केसी संस्थाको अध्यक्ष थिइन ।

क्रिटिकल केयर नर्सेस एशोसिएसन क्रिटिकल केयरमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धि गर्दै क्रिटिकल केयर सेवाको विकासका लागि काम गर्ने संस्था हो । जसले आफनो स्थापना कालदेखि नर्सहरुका लागि विभिन्न शैक्षिक कार्यक्रम तथा तालिम, सेमिनार गर्दै आएको छ । यसमा हालसम्म १९६ जना क्रिटिकल केयर नर्स आजीवन सदस्य रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन