थप ५ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित १५६
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९०३ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २४ जना कोरोना संक्रमित निको भएका छन्। अहिले देशभर जम्मा १५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?