विश्व एड्स दिवसको अवसरमा र्याली
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज डिसेम्बर एक अर्थात विश्व एड्स दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्नका लागि यसबारेमा जनचेतना जगाउन प्रत्येक वर्ष डिसेम्बर एकमा यो दिवस मनाउने गरिन्छ ।
३५ औं विश्व एड्स दिवसको सन्दर्भमा आज राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले र्यालीको आयोजना गरेको छ । र्याली स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भएर त्रिपुरेश्वर हुँदै पुन सोही स्थानमा आएर कोण सभा गरेर सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले एचआइभी, एड्सलाई नियन्त्रण गर्न सबै जना हातेमालो गरेर अघि बढ्न पर्नेमा जोड दिएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य