Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व एड्स दिवसको अवसरमा र्‍याली

विश्व एड्स दिवसको अवसरमा र्‍याली

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज डिसेम्बर एक अर्थात विश्व एड्स दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्नका लागि यसबारेमा जनचेतना जगाउन प्रत्येक वर्ष डिसेम्बर एकमा यो दिवस मनाउने गरिन्छ ।

३५ औं विश्व एड्स दिवसको सन्दर्भमा आज राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले र्‍यालीको आयोजना गरेको छ । र्‍याली स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भएर त्रिपुरेश्वर हुँदै पुन सोही स्थानमा आएर कोण सभा गरेर सम्पन्न भएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले एचआइभी, एड्सलाई नियन्त्रण गर्न सबै जना हातेमालो गरेर अघि बढ्न पर्नेमा जोड दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि