Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ ।

नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको आयोजनामा यसअघि दुई वटा र्‍याम्प वाक काठमाडौंमा भइसकेकोमा यसपटक भने पोखरामा हुन लागेको हो । र्‍याम्प वाक कार्यक्रमकी संयोजक तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर उपचार गराइरहेका बिरामीको हौसला बढाउन आफूहरुले सुरु गरेको र्‍याम्प वाक आउँदो फेब्रुअरी ३ मा पोखरामा गर्न लागिएको जानकारी दिइन्। उनले काठमाडौं बाहिर पनि क्यान्सर सचेतना आवश्यक छ भनेर यसपटक पोखरामा र्‍याम्प वाक  गर्ने निर्णय गरिएको जनाइन्।

उनले यसपटक ५० जना क्यान्सर विजेता ‘क्यान्सर पनि निको हुन्छ’ भन्ने सन्देश लिएर र्‍याम्पमा उत्रिने समेत जानकारी दिइन् । श्रेष्ठले भनिन, ‘क्यान्सर विजेताहरु समाजमा खुलेर आउँदा उपचार गराइरहेका बिरामीको हौसला र आत्मविश्वास बढ्ने गर्छ । यो रोग पनि समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन र्‍याम्प वाक गर्दै आएका हौं ।’

उनले आफूहरुले ४ वर्ष अघि पहिलोपटक ‘र्‍याम्प वाक’ आयोजना गर्छु भन्दा विजेता खुल्नै नमानेको प्रसगं सुनाउँदै अहिले ४ वर्षकै अवधिमा धेरै जनाको सोचमा धेरै परिवर्तन आएको जिकीर गरिन । उनले भनिन, ‘अहिले त म हिंड्छु र्‍याम्पमा भनेर आउने क्यान्सर विजेताहरुको संख्या धेरै नै छ । अहिले नै ५० जनाले नाम टिपाइसकेका छन्।’

यति छोटो समयमा आएको परिवर्तनले हामीलाई क्यान्सर बिरामीहरुको क्षेत्रमा काम गर्न अझै हौसला बढेको छ उनले थपिन ।

क्यान्सर विजेताहरुसँगै क्यान्सरका विशेषज्ञ चिकित्सकहरु पनि र्‍याम्प वाकमा सहभागी हुने छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि