मुम्बईमा तीब्र गतिमा फैलिंदै दादुरा, १३ बालबालिकाको गयो ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतको मुम्बईमा कोरोना संक्रमण शान्त भएका बेला फेरि एकपटक अर्को रोग दादुरा तिब्र गतिमा फैलिरहेको छ ।
मुम्बईमा मात्र अहिले २ सय जना भन्दा बढी बच्चा दादुराको संक्रमणमा परेको र १३ जनाको मृत्यु भइसकेको जनाइएको छ । संक्रामक रोग दादुराबाट ५ वर्ष मूनिका बालबालिका बढी प्रभावित हुने गरेका छन्। दादुरा विरुद्धको खोप नै यसबाट बच्चे उपाय मानिन्छ ।
दादुराको संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने, शरीरमा राता डाबरहरु आउने, घाँटी दुख्ने लगायतका लक्षण देखिने गर्छन । समयमै उपचार नगरे यसले बालबालिकाको ज्यान लिने गर्छ ।
एबीपी न्यूजबाट





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?